अनलाईन न्युजपाटी प्रिन्स मिश्रा ,कपिलवस्तु समाचारदाता, बैशाख १६गते
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ लोहोरौलामा एक निलगाई मृत अवस्थामा फेला परेको छ । सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बहादुरगंजले सूचना पाएपछी उक्त स्थानमा जांदा जालमा फसेको अवस्थामा निल गाई फेला परेको थियो ।
प्रहरीलाई देखेर सिकरू हरु मोटरसाइकल छोडेर भागेका थिए र दुई वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायव निरीक्षक अभय रावतले बताएका छन् । लु २५ प ५२२९ र लु २ प २३ नम्बरको मोटरसाइकल बरामद गरिएको रावतले बताए ।
प्रहरीले मृतक निलगाई र मोटरसाइकल डिभिजन बन कार्यालय चन्द्रौटालाई बुझाएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक अभय रावतले बताएका छन् । बैशाख ८ गतेका दिन पनि जिल्लाको महराजगंज नगरपालिका वार्ड नं ९मा एउटा नीलगाई सिकार गर्न खोज्ने दुई जना शंकास्पदलाई प्रहरीले पक्राउ गरेको थियो।