ढिलै भएपनि भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्किन पाउँदा खुसी

अनलाईन न्युजपाटी दार्चुला, समाचारदाता, बैशाख १८ गते

नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् ।

बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । क्वारेन्टाइनमा बस्नुपर्ने समय सकिए पनि उनिहरुलाई नेपाल ल्याउने विषयमा बुधबारसम्म सहमति जुट्न सकेको थिएन । बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति पश्चात पिथौरागढ जिल्ला अधिकारीसंग समन्वय गरेर उनिहरुलाइ आज बिहाँन नेपाल ल्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो ।

सीमाबाट सामाजिक दुरी कायम गरेर नेपाल प्रबेश गर्न दिइएको छ । ढिलै भएपनि स्वदेश फर्किन पाउँदा खुसी लागेको जौलविबिको क्वारेन्टाइनमा बसेका मार्मा गाउँपालिका–६ का रमेश महताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *