अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २२ गते
भारतमा लगातार दुई दिन कोरोनाभाइरसका संक्रमित २ हजारभन्दा बढीका दरले थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ दिएको जानकारीका अनुसार गएको २४ घण्टामा दुई हजार पाँच सय ५३ संक्रमित थपिएका छन् भने ६७ जनाले ज्यान गुमाएका छन्।
भारतमा अहिलेसम्म ४२ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ भने एक हजार तीन सय ७३ जनाले ज्यान गुमाइसकेका छन्। मन्त्रालयका सचिव लव अग्रवालले पत्रकार सम्मेलनमा उपचारपछि ११ हजार सात सय सात जना घर फर्किसकेको जानकारी दिए। आइतबार मात्रै दुई हजार चार सय ८७ जना संक्रमित थपिएका थिए।