अनलाईन न्युजपाटी प्रिन्स मिश्रा , कपिलवस्तु समाचारदाता, बैशाख २२ गते
लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध भारतीय औषधिको तस्करी बढ्दै गएको छ। जिल्लाको कृष्णनगर , बढ्नी कुशवहा सिमा क्षेत्र हुँदै नेपालमा प्रतिबन्धित भारतीय औषधि आज महराजगंज नगरपालिका ७ सतभराका स्थानियहरु एक लाख बराबर को औषधि समातेर प्रहरीलाई बुझाएका छन । महाराजगन्ज नगारपालिकाको कोटिया बढनी सिमा हुँदै अवैध औषधि भित्रिदै गरे को अवस्थामा हिजो राति आठ बजे गाउंलेहरु समातेर इलाका प्रहरी कार्यालय कृष्णनगरलाई बुझाएका छन।
कोरोना संक्रमणका कारण भारतसंग को सिमा लक भएकाले चोरबाटो हुँदै अवैध औषधिको तस्करी मौलाएको स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने औषधिहरु जिल्लाका महराजगंज, बुटहनिया,कृष्णनगर , चन्द्रौटा र तौलिहवासम्मका क्लिनिक एवं पसलहरुमा सप्लाई हुँदै आएको जानकारी पाईएको छ। भारतसंगको सिमामा लकडाउन अवधीदेखि सशस्त्रको नया चेक पोष्ट बनाइएको छ तर रातिको समयमा तस्करहरु खेतको डिल तथा नदीको किनाराको छेउ समाउदै नेपालमा औषधि लगायत अन्य समान ओसार पोसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् । खुल्ला सिमाना रहेकाले औषधि तस्करी र मान्छे ओहर दोहर रोक्ने सम्भव प्रयास गरिरहे को सशस्त्र प्रहरीका नायब उपरिक्षक सुशील शाहीले बताउनुभयो ।