समाजसेवी गुप्ताले व्यक्तिगत खर्चवाट कटौती गरि घडिअर्वामा राहत वितरण गरे

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख २४ गते

वीरगंज महानगरपालिका बड़ा न.१० घडिवर्आ निवासी समाजसेवी अजय कुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चमा राहत बितरण गरेका छन। लकडाउन शुरू भए पछि उनले सो टोलका अतिविपन्न, विपन्न, गरीब, दलित परिवारलाई राहत वितरण गर्दै आएका छन्। पहिलो चरणमा तीन सय(३००) परिवार लाई प्रति परिवार चामल,दाल,नुन,आलु र तेल  वितरण गरेका थिए। सामाजिक एवं धार्मिक कार्यमा आफ्नो छुटै पहिचान बनाएका छन अजयकुमार गुप्ता मनोज।

  यसैगरी गुप्ताले सोही क्षेत्रका दुई सय (२००) परिवारलाई प्रति परिवार चामल १५ किलो, आलु १ किलो, नून १ प्याकेट,दाल १ किलो, तेल १ लि., आटा ५ किलो, चाउचाउ २ पकैट, बिस्कुट २ पकैट र सोयाबिन २५० ग्राम राहत वितरण गरेका थिए। बीरगंज महानगरपालिका बड़ा न.१० घडीवर्वामा रहेको बिभिन टोल जस्तै अशोकवाटिका, रानीघाट, नयाँ बस्ती अशोकवाटिका राहत बितरण गरेको समाजसेवी गुप्ताले बताए। साथै राहत संगै सो बड़ामा आफ्नै निजी खर्चमा समाजसेवी गुप्ताले गरिब परिवारहरू लाइ औषधी समेत वितरण गरेका थिए। समाजीक कार्यमा  समेत लोकप्रिय छन अजय कुमार गुप्ता।आवश्यकता अनुसार सेवाकार्य जारी रहने समाजसेवी गुप्ताले अनलाईन न्युजपाटीलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *