अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख २५ गते
जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड प्रहरी उपरीक्षक गंगा पन्तले सम्हाले यता देखि पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक नियन्त्रण भएको देखिन्छ !विगतमा हुने गरेको विभिन्न अवैध धन्दालाई नियन्त्रण गर्न इमान्दार प्रयास गर्दै आएका एसपी पन्तका कमाण्डमा खटिएका विभिन्न प्रहरी अधिकृतहरुको योगदान पनि कम्ती नरहेको आम बुझाई रहेको छ ! जिल्ला प्रहरी कार्यालय पर्साको इमान्दार प्रयास पछि प्राप्त सफलता बाट अतालिएका आपराधिक मनोवृत्तिका दासहरु र अवैध गतिविधिमा संलग्न रही सरकारको राजस्व दोहनकर्ताहरु एसपी को दुहाई गर्ने र उनका मातहतका प्रहरी अधिकृतहरुको मनोबल गिराउने गरी षड्यन्त्रमा जुटेको समाचार प्राप्त हुन आएको छ !
विभिन्न कारोबारी हरुको सामानहरू नियन्त्रणमा लिइ कार्यवाही प्रक्रिया अगाडि बढाउन अभियानमा सक्रिय र इमान्दार भूमिका निर्वाह गरेका पर्सा क्राइम ब्राञ्चका प्रमुख प्रहरी निरीक्षक रबि भूषण यादव पूर्णत बदनाम गराउने कार्यमा ती कारोबारी हरु हाल सक्रिय भएको जनाइएको छ !विश्व व्यापी फैलिएको महामारी नियन्त्रण को लागि सरकारले गरेको लक डाउन मा पनि आफ्नो धन्दालाई निरन्तरता दिन पल्केका हरुलाई लगाम लगाउन प्रनी यादवको कम्मर तोड प्रयास पछि छोकडा को कारोबारी देखि लिएर अवैध हुण्डी कारोबारी हरु समेत नियन्त्रणमा आए पछि ती कारोबारी हरुको संरक्षण कर्ता हरु ले उनलाई निशानामा राखी उनी बिरुद्ध अनर्गल प्रचार गराउन सक्रिय भएका छन !
जिल्ला प्रहरी कार्यालयले २५ टन छोकडा पक्राउ गर्दा समेत छोकडा छुटाउन ती कारोबारी हरुको को दिशा निर्देशक ले प्र.नी यादव समक्ष आर्थिक प्रस्ताव लाग्दा उनले धपाएको हुनाले उनी बिरुद्ध ती कारोबारी हरु जाई लागेको स्रोत ले जनाएको छ ।इमान्दार र कर्तव्यनिष्ट स्वभावका प्र.नी यादवले आफु बिरुद्ध जती सुकै षड्यन्त्र गरिए पनि आफू आफ्नो कर्तव्य बाट विमुख नहुने र अपराध नियन्त्रण र अवैध कारोबार बिरुद्ध आफ्नो सक्रियता निरन्तर जारी रहने प्रतिक्रिया दिए !