अनलाईन न्युजपाटी बीरगन्ज समाचारदाता बैशाख २५ गते
सन्जु छत्कुलि,
वीरगन्जको अलौंस्थित सीमा नाकामा खटिएका सशस्त्र प्रहरी लाई भारतीयले कुटपिट गरेका छन्। सीमापारि गाउँ हरैयाबाट आएका २०/२५ भारतीयले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरी जवान बालप्रसाद भारतले आवत जावतमा रोक लगाए पछि उनलाई कुटपिट गरेका छन।
कुटपिट गर्न थालेपछि उनीसंगै डयुटीमा रहेका अर्का सशस्त्र प्रहरी जवानले हवाइ फायर गरेका थिए। हवाइफायर गरिएपछि भने भारतीय भागेका थिए। कुटपिटका क्रममा भारतीयले लछारपछार गर्दै सशस्त्र प्रहरी जवानको बर्दी च्याति दिएका छन्। साँझ ५ बजे तिर भारतको हरैया गाउँ तिरबाट पटक पटक बिभिन्न समान लिई आएर लकडाउन उल्लंघन गरेर नेपाल छिर्न खोजेका थिए। कोरोनाबाट वचन निगरानीका लागि सिवान टोल नाकामा खटिएका दुई सशस्त्र प्रहरीका जवानले आवत जावत गर्ने लाई रोकेका थिए।
भारतीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो। ड्युटीमा रहेका जवानमाथि आक्रमण भएपछि अर्का सशस्त्र प्रहरी जवानले फायरिङ गरेका थिए। सशस्त्र प्रहरी जवानले हवाइ फायरिङ गरेपछि मात्रै भारतीयहरु भागेका थिए। घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरको नेतृत्वमा सशस्त्र प्रहरीको टोली र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह घट्ना स्थलमा पुगेर स्थिति सामान्य बनाएको छ। प्रहरी उपरीक्षक कुवँर भारतीय एसएसबीको चेक प्वाइन्टमा पुगेर एसएसबीका मेजरसँग छलफल गरेर फर्किएका छन्