नेपालमा थप एक जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ११०

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २८ गते

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ११० पुगेको छ। आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड-१९ भेटिएको जनाएको छ। कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या एक छ। जो उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ। उनको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।अहिलेसम्म प्रदेश नं १ मा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो देशभरिकै सर्वाधिक सङ्ख्या हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *