मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २९ गते

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ। हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ। आज दिउँसो  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भु-भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ। देशका  पहाडी भू-भागका केहि  स्थानहरुमा  र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको कारण जल तथा मौसम बिज्ञान बिभागले सतर् ता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *