अनलाईन न्युजपाटी बीरगन्ज समाचारदाता बैशाख ३१ गते
सन्जु छत्कुली,
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका एक कैदीलाई कोरोना भाईरस भएको पुष्टि भएको छ । लागू औषध मुद्दामा पक्राउ परेको र कोरोना सक्रमण भएका ती युवकलाई पर्सा प्रहरीले सुरक्षा साथ सतर्कता भई नारायणी अस्पताल पुर्याएको छ। गत एक हप्ता अगाडी लागु औषध मुद्धामा बीरगंज महानगरपालिका प्रगती नगरबाट प्रकाउ परेका ती युवकलाई कोरोना भाईरस लागेको छ।
लागु औषध मुद्धामा प्रकाउ परेका युवक हाल कोरोना भाईरसका संक्रमण भएका ती युवक प्रहरीको थुनुवा कक्षमा बसेका थिए । कोरोना भाईरस संक्रमण भएको पुष्टि भएपछि उनलाई थप उपचारको लागी नारायणी अस्पतालको आईसोलेन्स भर्ना गरिएको नारायणी अस्पताल का एक चिकित्सकले बताएका छन।
भर्ना पछि ती युवक अस्पताल बाट फरार भएपछि बिरगंज बासिमा त्रास र भएभित भएका थिए तर पर्सा प्रहरी को क्राईम्ब्रान्च को सकृयतामा फरार रहेका ती युवक तिलावे पुलबाट पक्राउ गरि नारायणी अस्पताल पुर्याएको छ।