थप पाँच जनामा कोरोना संक्रमण, कुल २५०

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १ गते

पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।

पछिल्लो पुष्टि भएका सर्लाही धनकौल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षीया पुरूष र २० वर्षिया महिला  रहेका छन् । त्यस्तै महोत्तरी जलेश्वर नगरपालिका र वलवा नगरपालिका निवासी १६ र ३५ वर्षीया पुरूष रहेको र उहाँहरू चिकित्सकको सम्पर्कमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *