काठमाडौँको कालिमाटी तरकारी बजारका व्यवसायी र मजदूरको स्वाब सङ्कलन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १ गते

भारत र नेपालका विभिन्न भागबाट तरकारी र फलफुल आयात हुने काठमाडौँ महानगरपालिका वडा नम्बर १३, कालीमाटी तथा फलफुल थोक बजार क्षेत्रमा कोरोना भाइरसको परीक्षणका लागि मानिसहरूको थ्रोट स्वाब सङ्कलन गरिएको छ । कालीमाटी क्षेत्रमा तरकारी तथा फलफूल ढुवानी, खरिद बिक्री तथा सफाइमा संलग्न मजदुर तथा किसानको स्वाब सङ्कलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यस क्षेत्रमा फलफूल र तरकारी व्यवसायमा संलग्नहरूको कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनसय जनाको पीसीआर र सातसय जनाको आरडीटी परीक्षण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *