अनलाईन न्युजपाटी कञ्चनपुर,समाचारदाता, जेठ १ गते
लकडाउनका बेला कञ्चनपुरमा लागु औषध ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका हल्दुखालबाट महेन्द्रनगर बजार पुगेका दुई जनालाइ सशस्त्र प्रहरीले लागु औषध र केही रकम नगद सहीत नियन्त्रण लिएको हो ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरसिह शाहुले भीमदत्त नगरपालिका ७ हल्दुखालका पुष्कर कुँवर र गणेश कुँवरलाई शंकास्पद रुपमा चेकजाँच गर्दा उनिहरुबाट ३० ग्राम चरेश सहित सात हजार चार सय बिस रूपैया नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई चरेश सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहुले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीलाई जिम्मा लगाईएको छ।