कोरोना पुष्टि संख्या दोहोरियो, स्वास्थ्य मन्त्रालयले गल्ती सच्याउदै संक्रमित दुई सय ४५

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १ गते

स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप पाँच जनामा कोरोना पुष्टि भएको भन्ने विवरण प्राविधिक कारणले दोहोरिएकोले सच्याएको छ । बिहीबार विहान जारी विज्ञप्तिमा मन्त्रालयले संक्रमित संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो।

यस अघि सर्लाही, धनुषा र महोत्तरीका गरी थप पाँच जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गरेको थियो । अहिलेसम्म सङ्क्रमित सङ्ख्या २४५ मात्र कायम रहेको छ ।

तर उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएकोले अर्को विज्ञप्ति निकालेर मन्त्रालयले संक्रमित संख्या सच्याउँदै दुई सय ४५ रहेको बताएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *