अनलाईन न्युजपाटी बीरगन्ज, समाचारदाता, जेठ १ गते
सन्जु छत्कुलि,
सन्सार भरी फैलिएको महामारीलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका र निषेधाज्ञा कारण गरिव र दु:खीलाई दुई छाक खाना खानपनि गार्हो भएको छ।
एकै दिनमा ५७ जाना र पत्रकारहरू सहित वीरगञ्जमा संक्रमितहरुको संख्या बढेसँगै स्थानीय प्रशासनले जिल्लाभरि निषेधाज्ञा समेत लगाएको छ । निषेधाज्ञाका कारण एक ठाउँबाट अर्को ठाउँमा कोहि पनि आउन जान नसकेको कारण गरिवहरुलाई खाना खुआउदै आएको विभिन्न व्यक्तिहरुले निषेधाज्ञा को कारण असमर्थ देखाएपछी जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले ती गरिब जन्तालाई खान खुआउन अगाडी बढेका छन् ।
जन्ता समाजबादी पार्टीका युवा नेता सिंहले आफु नेतृत्व गर्दै आएको संस्था साहिब दरबार सेवा संस्थान र सम्पर्ण सेवा संस्थाको सहयोगमा बिरगंज का विभिन्न क्षेत्रमा गरिवहरुलाई खाना खुआउने काम गरिरहेका छन्
युवा नेता सिंहले निषेधाज्ञा अवधिभरी आफुले यसरि नै विभिन्न स्थान गएर गरिबहरु लाई खाना खुवाउने र त्यस्ता जन्ताको सेवा गर्ने बताएका हुन। उनले नेपाल प्रहरीसँग समन्वय गरेर खान खुआउने कार्य गरेको बताए ।