अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ६ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएको छ । उहाँले नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदनमा आउने बताउनुभयो ।
संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने प्रधानमन्त्री ओलीले बताउनुभयो । भूगोल सानो ठूलोको आधारमा राष्ट्रियता ठूलो सानो नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । कुनै-कुनै देशको भूगोल सानो ठूलो हुने वा विकासमा अघि वा पछि हुन सक्छ तर राष्ट्रियता प्रयोग बराबर हुने बताउनुभयो । उहाँले सानो देशले पनि स्वाधिनता र विश्वमा आफ्ना नीति तय गर्न पाउनु पर्ने बताउनुभयो ।
उहाँले राणा शासनपछिको जस्ता एक देशको सेना अर्का देशको सिमानामा राखेर राष्ट्रियता कमजोर हुने स्वाधिनकताको परिकल्पना गर्न नसक्ने बताउनुभयो । साथै सरकार ‘जानै जान लाग्या थियो तर राजदुतले अडायो’भन्ने हल्ला गर्नेहरुका लागि यो सरकार नबनेको बताउँदै । यो सरकारलाई जनताले बनाएको हो। कुनै देशले ढाल्ने कल्पना नगरे हुन्छ भन्दै चेतावनी समेत दिनुभयो ।