अनलाईन न्युजपाटी कैलाली ,समाचारदाता, जेठ ९गते
सोमबार राति करिब ११ बजे को समयमा जिल्ला कैलाली जानकी गाउपालिका वडा नं.१ दुर्गौली स्थित बिजुलिया कुलो / नदीमा टीकापुर नगरपालिका वडा नं.१ बस्ने डम्मर बहादुर राजी समेतका ३ जनाले बिजुलीको तार द्धारा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा जानकी गाउपालिका वडा नं.१ दुर्गौली बस्ने बर्ष २१ को प्रकाश चौधरीलाई करेन्ट लागी मृत्यु भएको छ।
सो घटना सम्बन्धमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ ज्योतिनगर बर्ष ३८ डम्मर बहादुर राजी बर्ष ३६ शेर सिंह लुहार ५६ को भाने साउँद ब्यक्तिहरुलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान भई रहेकोजिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अनुसन्धानको क्रममा घटनास्थलबाट प्रहरीले माछा मार्न प्रयोग गरिएको १ फिट ८ ईन्च लम्बाई भएको बासको लठ्ठि थान १ (एक), सो लठ्ठिमा बाँधेको २४ मिटर लामो बिद्युतको तार, र डम्मर राजीको घर कोठामा फेला परेको १७५ मिटर लामो बिद्युतको तार सामानहरु बरामद भएको छ।