अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ ११ गते
विश्व व्यापी महामारी रुपले फैलिरहेको कोरोना भाइरसका कारण देशभरि लकडाउन भएको बेलामा पनि बारा जिल्लाको विभिन्न नाकाबाट भने ठूलो मात्रामा तस्करी भैईरहेको समाचार प्राप्त भएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीको मातहत रहेको इनार्व , बलिराम , मुशहरवा , बरैनिया नाका वाट खत्रीको निर्देशनमा सशस्त्र प्रहरी मुसर्वा बिओपीका निरीक्षक नारायण एैर र नेपाल प्रहरी मुशहरवा चौकीका असई जगदीश यादबको सेटिङमा मुख्तार, सुरेन्द्र र मुकेश साह भन्ने नामुदत तस्करहरुलाई तस्करीको लाईन दिएको छ।
बाराको नामुदत तस्कर सुरेन्द्र , मुख्तार , मुकेशले भारतबाट लकडाउनको बेलामा रातीको समयमा नेपालमा अभाव भएका सुर्ति , रजंनिगंन्धा , राजनिवाश , पान पराग , लत्ताकपडा , हाडयेवर लगायतका समानहरु भारतबाट नेपाल तर्फ भित्रयाउछन् भने नेपाल बाट भारत छोकडा, मरिच, मोटर लगायतका समानहरु भारतमा रातिको समय प्रहरीले आफै स्कटिङ गरी तस्करी गराउदै आएका स्थानियहरुले बताएका छन् ।
खत्री र एैरको सेटिङमा मुख्तार, सुरेन्द्र र मुकेश साह तिनै तस्करीको लाइन पाएका ईनार्वा , बलिरामपुर , मुशहरवा , बरैनिया नाकाबाट छोहडा र रक्सी भारततर्फ ठूलो मात्रामा तस्करी गरिरहेका छन् । उक्त तस्करीको सामान भारतीय सिमा क्षेत्र सहदेवा महदेवा पुग्दछ। तस्करी गर्न लाइन दिएवापत नेपाल प्रहरीको नाममा र सशस्त्र प्रहरीको नाममा ५/५ लाख रूपैयाँ छुट्टयाइएको र त्यो रकम जिल्लाका दुईवटा एसपीको नाममा समेत माग्ने गरेको समेत खुलेको छ।
तस्करीको लाईन पाउने सुरेन्द्र ,मुकेश र मुख्तार स्थानीय नै हुन। उनिहरुले १० जना कामदार प्रयोग गरि मोटरसाईकल, टेम्पो र पिकअप गाडीबाट नाका कटाउने काम गर्नेछन् । पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेटिङमा सिमा कटाइन्छ। यस्तो तस्करी दैनिक हुदै आएका छ।