प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी अझै फैलिन सक्ने : लकडाउनको मोडल परिवर्तन हुने

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १३ गते

सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गरेका थिए । प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै फैलिन सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली विदेशमा समस्यामा परेकाहरुको उद्धारमा भने लचिलो देखिएका छन् । साथै लकडाउनको मोडल परिवर्तन हुने प्रधानमन्त्रीले संकेत गरेका छन् ।

नले नेपालमा कोरोना भाइरस नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर यो ढुक्क भएर बस्ने स्थिति नभएको विश्लेषण गरे । समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडान बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई जोगाएको प्रधानमन्त्रीले बताए । उनले अगाडि भने, ‘यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिनुपर्छ ।’

षधि र स्वास्थ्य उपकरणको खरीदमा देखिएको समस्या हल भएको र २० वटाभन्दा बढी प्रयोगशाला सञ्चालनमा आएको भन्दै उनले विज्ञहरुको सल्लाहबमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने लक्ष्य सुनाए । त्यसैगरी क्वारेन्टाइनस्थल बढाउनुका साथै स्तरमा व्यापक सुधार ल्याइने र आवश्यकताअनुसार होटल एवं सार्वजनिक संरचनालाई समेत क्वारेन्टाइनस्थला रुपमा प्रयोगमा ल्याइने प्रधानमन्त्री बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *