भारतको रक्सौल क्वेरन्टाईनमा रहेको ३५० जना नेपाली नागरिक वीरगंज नाका वाट घर फर्के

अनलाईन न्युजपाटी  संजु छतकुलि, बीरगन्ज समाचारदाता जेठ १४ गते

छिमेकी मुलुक भारतको बिभिन्न ठाऊमा अलपत्र परेका ३ सय भन्दा बढी नेपाली नगरिक लाई आज रक्सौल नाकाबाट नेपाल भित्रीएका छन । ३७५ जना नेपालीहरुलाई बिरगंज रक्सौल नाकाबाट नेपाल लयाएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

पर्सा र काठमाडौं बाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको उनले बताए । पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने उनले बताए ।

५ जिल्लाका ३५० बढी नागरिकहरू वीरगन्ज रक्सौल नाका भएर नेपाल भित्रिदै छन् । दाङ, रुकुम लगायत जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको बस्नेतले बताए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको थियो

क्सौलको क्वारेन्टाइनमा अलपत्र नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल आज सफल भएको उनले बताए ।केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पनि पठाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *