अनलाईन न्युजपाटी सर्लाही समाचारदाता, जेठ १७ गते
जिल्ला प्रहरी कार्यालय सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–७, मुसैलीबाट प्रतिवन्धित लागूऔषधसहित दुइ जनालाई पक्राउ गरेको छ ।
दुइ जना पक्राउ पर्नेमा त्यही ठाउँका मलंगवा नगरपालिका–३, का ३० वर्षीय तौसिफ रजा मिकरानी ३१ वर्षीय र महमद अजमल मिकरानी रहेका छन् । बीआर ३१ एक्स ९८१८ नं को मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा १५ किलो लागूऔषध गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।
दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जानकारी दिए ।
नेपाल–भारत दुवै देशमा लकडाउन जारी रहेको र सीमामा कडाई गरिएको भएपनि लागूऔषधको ओसारपसार गर्ने कार्यमा संलग्नहरुले लुकिछिपी यसको ओसारपसार गरिरहेका छन् ।