झापाको कचनकवलबाट धरान पठाइएका २७ संक्रमितहरु रातभर बसमै बसे

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १७ गते

शुक्रबार भेटिएका झापाको कचनकवलका संक्रमित २७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पठाइए पनि ८ घण्टा देखि बसमै बसाइ रहेको संक्रमितहरूले बताएका छन् । केहि व्यवस्थापन नभएपछि हामी पुनः फर्किने तयारी गरिरहेको एक संक्रमितले बताए ।

शुक्रबार राति ११ बजे आइपुगे पनि हालसम्म प्रतिष्ठानको पार्किङ क्षेत्रमा गाडीमै बसिरहेको बताएका हुन् । रातिको ११ बजे आइपुगेको छु, अहिलेसम्म केही गरेको छैन।

उनका अनुसार बीपीमा बस्ने, खाने सुविधा छ भनेर पठाएको भए पनि आफूहरूलाई कुनै व्यवस्थापन गरेका छैन । २७ जना संक्रमित नै हालसम्म बसमै रहेकाले आफूहरू पुनः कचनकवलमै फर्किने तयारीमा रहेको बताए ।

बीपीमा यसअघि पनि २७ जनालाई राखिएको थियो । उनीहरूलाई पनि कोभिड अस्पतालमा नराखेर पेइङ वार्डमा राखिएको छ । बीपीमा १०० बेड क्षमताको कोभिड अस्पताल बने पनि हालसम्म प्रयोगमा रहेको छैन । सामग्री अभाव कारण सञ्चालन आउन नसकेको स्रोत बताउँछ ।

७ जना संक्रमितहरू १० दिनअघि भारतको दिल्लीबाट झापाको कचनकवल आएका थिए । उनीहरूलाई कचनकवलको क्वारेन्टाइनमा राखिएको थियो । कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएपछि बीपी प्रतिष्ठान पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *