निरन्तर बढेको लकडाउनको मारबाट जनतालाई बचाउन पत्रकार पराजुलीको सरकारसगको अनुरोध

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १८ गते

विश्वमा महामारीको रुपमा रहेको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारद्धारा  गरिदैं गएको लकडाउन हटाउन  चौतर्फी बिरोध एबम अनुरोध हुन थालेको छ । विभिन्न चरण गरि लम्बिदैं गएको लकडाउन फेरि लम्बाउने सरकारले आज गरेको निर्णय पछि पत्रकार रोजी ढकाल पराजुलीले यसको बैकल्पिक व्यवस्था गर्न सरकारसंग अनुरोध गरेकि छिन् । 

पत्रकार पराजुलीले आफ्नो समाजिक संजाल फेसबुकमा ” लकडाउन निर्णय ! लकडाउन खुकुलो पार्दै जानु पर्छ किनकि मर्न कसैलाई रहर हुदैन । जनता आफैं सचेत भइ सुरक्षित अपनाएर काम गर्नेछन  नत्र अनिकाल लागेर मर्ने अवस्था सुरु हुनेछ ।” लेखेकि छिन् ।

नेपाल टेलिभिजन कार्यक्रम समृद्धि तर्फ हाम्रो यात्रा कि प्रस्तोता रोजी पराजुलीले अनलाईन न्युजपाटी संग कुरा गर्दै ” लकडाउन आफ्नो ठाउँमा उचित विधि होला तर सबै थोक होइन !

भाइरस नियन्त्रण र प्रभावित समुदायमा यथेष्ट कीट, औषधि, ब्यबस्थापन बिनै बढाइएको लकडाउनले अर्थतन्त्र धराशयी पार्ने छ तसर्थ बिकल्प पनि खोज्ने कि !” बताए कि छिन् ।   पत्रकार पराजुलीले ” जनता नै देशका सम्पत्ति  भएको र सोहि जनताको दुख दर्द र  भावनाको सम्मान  नभएको ।” भन्दै यथा सक्दो देश को अर्थ तन्त्रलाई समेत जोगाउन लकडाउनको बैकल्पिक व्यवस्थापनमा सरकारले जोड दिनु पर्ने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *