“डब्ल्यूएचओ चीनको कठपुतली हो”: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ १८ गते

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (WHO) सँग अमेरिकाले नाता तोडेको बताएका छन्। उनले कोरोनाभाइरस फैलने कुरामा WHOले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्। बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, “डब्ल्यूएचओमा चीनको पूर्णत: नियन्त्रण रहेको छ।”

अमेरिकाले WHOलाई दिँदै आएको रकम वाशिङ्टनले अन्य निकायहरूलाई प्रदान गर्ने पनि ट्रम्पले बताए। अमेरिकाले WHOलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्येमा पर्छ। उसले गत वर्ष ४० करोड अमेरिकी डलर प्रदान गरेको थियो ।

उनले भने चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन्। कोभिड-१९ का कारण अमेरिकामा १ लाख २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ। चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ। उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पार्न चीनले दबाव दिएको आरोप पनि लगाए।

ट्रम्पले भने डब्ल्यूएचओलाई चीनको “कठपुतली” भएको आरोप लगाएका थिए। चीनले भने अमेरिकामा भाइरस फैलिनुमा अमेरिका स्वयम् जिम्मेवार रहेको बताएको छ। WHOका सदस्य राष्ट्रहरूले कोरोनाभाइरस महामारीबारे चालिएका कदमहरूको एउटा स्वतन्त्र छानबिन गर्ने निर्णय गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *