कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २२ गते

कोरोना भाइरस(कोभिड-१९) बाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको हो ।

त्यसै गरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका नौ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *