शनिबार मनसूनको प्रबाह कस्तो रहला?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २४ गते

हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको  प्रभाव  रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानमा हल्का देखि मध्यम  खालको बर्षा र भैरहेको अवस्था छ। आज दिउँसो  प्रदेश १,२, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका  केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी  प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश १ र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का वर्षाको   सम्भावना रहेको छ।

प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा  मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभाग ले सतर्क अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *