अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २५ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
आज थप पुरूष २०९ र महिला ४ जनामा सङ्क्रमित भएका छन् । कुल नेपालमा ३२१२ जना पुरुष र २३६ जना महिला सङ्क्रमित भएका छन् ।