भारत-चीन विवादमा सैन्य अधिकारीको वार्ता पछि के आयो निष्कर्ष?

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २५ गते

भारत र चीनबीच पूर्वी लद्दाखस्थित (लाइन ऑफ़ एक्चुअल कंट्रोल) सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ।

उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। भारतीय विदेश मन्त्रालयले सो वार्ताको नतिजाबारे प्रेस विज्ञप्तिमार्फत आइतवार जानकारी दिएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार दुवै पक्षबीच वार्ता निकै सकारात्मक रह्यो।

भारत तथा चीन दुवै देशका अधिकारीहरू विवादित सीमा क्षेत्रमा उत्पन्न सैन्य गतिरोध समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न हालैका साताहरूमा चीन र भारतले स्थापित कूटनीतिक तथा सैन्य माध्यमहरूबाट सञ्चार सम्पर्क बनाइराखेको मन्त्रालयले बताएको छ।यसै परिप्रेक्ष्यमा शनिवारको वार्ता भएको हो।

वार्ता सकारात्मक वातावरणमा भएको अनि दुवै पक्ष सीमामा कायम अवस्थाको शान्तिपूर्ण तरिकाबाट समाधान गर्न सहमत भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। गत महिना उक्त क्षेत्रमा दुवै पक्षको सैनिक गतिविधिका माझ झगडा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *