मापदण्ड पल्ना नगरेको भन्दै खुलेको २ दिन नबितदै पर्साको बजार बन्द

अनलाईन न्युजपाटी  सन्जु छत्कुली, बीरगन्ज समाचारदाता जेठ २५ गते

जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना को कारण २ महिना भन्दा बढी दिन देखि पसल्हरु बन्द रहेको हुदा कोभिड १९जिल्ला ब्यवस्थापन केन्द्रले २१ गते बसेको बैठकबाट ब्यवसाईहरु लाई विभिन्न बर्गमा बिभाजन गरि व्यवसाय संचालन गर्न दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कर्यालय पर्साले जोरबिजोर प्रणालिबाट बिरगंज बजार खोलने भनेको २ दिन नबितदै फेरि बजारबन्द गरिएको छ । अब अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन को सुचनामा उल्लेख गरिएको छ।

कोरोना भाइरस को जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले व्यवसायी तथा सेवाग्राहीले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु पालना गर्नुपर्ने अवस्था पालना नगरेको हुदा संक्रमण अझ बढी फैलिन सक्ने भन्दै तत्कालका लागि यस भन्दा पहिला प्रकाशित गरिएको  निर्णय नं. २ को बुन्दा नम्बर ५ र ६ मा उल्लेख रहेको व्यवसाय बन्द गर्ने निर्णण गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

एक विज्ञप्ती प्रकाशित गरी जिल्ला प्रशासन कर्यालय पर्साले तत्कालका लागि तोकिए बाहेकका व्यवसाय तथा पसल संचालन नगर्न बिज्ञपति मा जनाईएको छ। तोकिएको बाहेकका व्यवसाय संचालन गरेको पाईएमा कानुन बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

हिला प्रकाशित गरिएको  निर्णय नं. २ को  बुन्दा नम्बर ५ मा रहेको इलेक्ट्रोनिक,रेडिमेट, कपडा,कास्मेटिक पसलहरु तथा बुन्दा नम्बर ६ मा रहेको हार्डवेयर,मोटर साईकल तथा मोटर पार्ट, आटो वकर्स,सुनचाँदी तथा फर्निचर लगायतका पसलहरु संचालन गर्न नपाउँने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *