जनता समाजवादी पार्टी दर्ता,अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २५ गते

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आज दर्ता गराइएको निवेदनमा दुई दल मिलेर बन्ने नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहेको छ ।

प्रस्तावित नयाँ पार्टीका पदाधिकारी र सदस्यहरुको नामावली सूचीमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहनु भएको छ । वरिष्ठ नेतामा तीन जना क्रमशः आशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महत्वको नाम रहेको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *