अनलाईन न्युजपाटी सन्जु छत्कुली,बीरगन्ज समाचारदाता जेठ २६ गते
प्रदेश २ का प्रहरीले प्रमुख डि आई जि धिरज प्रताप सिंहले रौतहटको बञ्जाराबाट ८० बोरा मटर पक्राउ गरेको छ । ना २ त ६११ नम्बरको ट्याक्टरमा नेपालबाट भारततर्फ लगिरहेको बेला डि आई जि को विशेष सुचनाको अनुसार प्रदेश प्रहरी कार्यालयबाट खटाईएको प्रहरी निरीक्षक बरुण सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले रौतहटको बञ्जराबाट ५० केजीको ८० बोरा मटर आईतबार बरामद गरेको छ।
कोरोना को माहामारी फैलिएर लकडाउन को बेला रौतहटको सीमा नाकामा तस्करी भईरहेको सूचना पाएपछि प्रदेश प्रहरी प्रमुख सिंहले खटाएको प्रहरी टोलीले ट्याक्टर सहितको ८० बोरा मटर बरामद गरेको छ।
उक्त बारमद गरिएको मटर र ट्रेक्टर प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसधान भईरहेको प्रहरी निरीक्षक वरुण सिंहलेले बताएका छन।
प्रदेश प्रहरीको टोलीले मटर बरामद गरेपछि रौतहट प्रहरीको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश२ मा सबै भन्दा बढी तस्करी हुने र चर्चा कमाएको स्थान पनि मानिन छ बरामद मटर राम बहादुर र मिश्रीलाल भन्ने तस्करको रहेको बुझिएको छ।