मङ्गलबार कर्णालीबाट २० जना नयाँ सङ्क्रमित थपिए

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २७  गते

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलका अनुसार मङ्गलबार मात्रै २० जना नयाँ सङ्क्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६७१ जना पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका सल्यानका १२, सुर्खेतका चार र जुम्लाका दुई जना रहेका छन् ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका एक/एक जना सङ्क्रमित भेटिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *