अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २७ गते
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । चितवन भरतपुर ११ का एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । चितवन भरतपुर अस्पतालमा भर्ना भएका वहा ज्वरो, निमोनिया, सुगर र प्रेसरका बिरामी पनि थिए।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको हो ।