अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २७ गते
प्रदेश २ मा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मङ्गलबार मात्रै १५२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका सप्तरीका ६ जना ( ५ जना पुरुष र १ महिला ) रहेका छन् ।
प्रादेशिक प्रयोगशाला भरतपुर चितवनमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका सप्तरीका एक जना महिला रहेका छन् ।
यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका धनुषाका २१ जना (१९ पुरुषर २ महिला), महोत्तरीका १९ जना (१८ पुरुष १ महिला) र सर्लाहीका १ जना पुरुष रहेका छन् ।
यस्तै, राष्ट्रिय प्रयोगशाला काठमाडौँ गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका धनुषाका २४ जना एक बालक सहित २३ पुरुष, महोत्तरीका ३१ जना (२४ पुरुष ७ महिला) , रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ जना पुरुष र सिरहाका १२ जना पुरुष रहेका छन् ।
नेपालमा सङ्क्रमित सङ्ख्या ४०८५ पुगेको छ । ३७९८ जना पुरुष र २८७ जना महिला सङ्क्रमित भएका छन् ।