११० जना पत्रकारको कोरोना बिमा वीरगंजका नगर प्रमुखले गरे

अनलाईन न्युजपाटी कृष्णा यादव,बीरगन्ज समाचारदाता जेठ २७ गते

आज पर्साका ११० जना पत्रकारको कोरोना बिमा गरिएको छ । पर्सा पत्रकारहरुको कोरोना बिमा योजना गरि ११० जनाको बिरगंज महानगरपालिकाले बिमा गरेको छ।

कोरोना भाइरस कोभिड–१९ को जोखिम मोलेर सक्रिय रूपमा काम गरिरहेका जिल्लाका ११० जना पत्रकारको बिमा गरिएको हो। बिमा पत्र मेयर विजयकुमार सरावगीले पर्साका पत्रकार माहासंघ का अध्यक्ष श्याम बन्जरालाई हस्तान्तरण गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *