अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ २७ गते
इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित प्रहरिले पक्राउ गरेको छ।
डि एस पि भरत श्रेष्ठले गौर नगरपालिका ४ बाट्पक्रौ गरिएको हो । बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा रुपैया पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक बरुण सिंहले बताएका छन।
प्रहरीलाई शंकाको अधारमा उनलाई सोधपुछ गर्दा साह भाग्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरि नियन्त्रणमा लिएको हो । यो भन्दा पहिले पनि गौर मा अबैध रकम पक्राउ परेको थियो ।
पक्राउ परेको सबै रुपैयाँ नेपाली रहेको प्रहरीले जनाएको छ। साहले सो रकमको स्रोत खुलाउन नसकेको पनि डि एस पि श्रेष्ठले बताएका छन।
पटक-पटक पक्राउ परेपछि डि आई जि धिरज प्रताप सिंहले भने अबैध कारोबारी गर्ने जो कोईलाई पनि नछोड्ने बताएका छन।