प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २८  गते

प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालय को अनुसार लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ । सांसदहरुले उठाका बिभिन्न विषयलाई समेटेर सम्बोधन गर्नुहुने पनि सचिवालयले जनाएको छ ।

त्यस्तै लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ । आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लो पटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *