सीमा विवाद र उग्र राष्ट्रवाद

दिपेन्द्र कुमार कुर्मी

भारत हाम्रो असल छिमेकी राष्ट्र ! भारत र नेपालको सम्बन्धको बारेम नजान्ने कोइ छैन ।

प्रत्यक्ष रुप म! म सिमा बिबाद संग सुरु गरे ! म सम्बन्ध संग पनि सुरु गर्न सक्थे तर दिइन किन कि यस्तो अवस्था छैन कि सम्बन्धको बारेम जानकारी गराउन पर्ने आवश्यक नै छैन ।

युगो देखि चली आएको सम्बन्ध तर अहिले त्यस्तो छैन र पहिले जस्तो हाम्रो सम्बन्धको पर्खाल थियो अहिले त्यसमा  केही चिराहरु पर्न थालेक छन यसको पछाडि सायद भारतको केही अव्यवस्थापन र नेपाल को उग्र खोक्रो राष्ट्रवाद हो ।

आजकल कोरोनाको महामारी चल्दैछ कोरोना भाइरसले गर्दा पुरै बिश्वको मानव समाजको अस्तित्व धरापमा छ र अर्थ व्यवस्थाको धज्जी उड्यो ।

नेपाल पनि त्यो भाइरसबाट अछुत रहन सकेन तर आजकल यो भन्दा फरक बिषयबस्तु पनि एकदमै चर्चामा  छ र त्यो बिषय हो सिमा बिबाद भारत संग आजकल सिमा बिबाद चलदै छ नेपालको पश्चिममा कालापानी, लिपुलेख र लुम्पियाधुरा मा बिबाद छ केही दिन अगाडि भारतले आफ्नो प्रदेश जम्मु काश्मिरबाट धारा 370 हटाएर नया नक्सा पारित (पेश) गर्यो र जस्मा कालापानी लिपुलेख र लुम्पियाधुरा भारतको नक्सामा पर्यो तर पनि त्यो क्षेत्र नेपालको नक्सामा  थिएन र पनि नेपालले पहिले देखि आफ्नो दावा गर्दै आइरहेको थियो अब जब भारतले चाइना संग ब्यपारिक नाताले लिपुलेखमा  सडकको उदघाटन गर्यो अनि नेपालले बिरोध जनायो ।

अब नेपाल पनि उक्त तीन क्षेत्रलाई समेटेर नया नक्सा प्रकाशित गर्यो र त्यतिबेला भारतिय पक्षले असन्तुष्टि जनायो आजकल त्यहि बिबाद चर्चामा छ ।

भारत र नेपालको बिच धेरै पटक बार्ताको प्रयास भयो तर हुनसकेन भारत र नेपालको बिच धेरै सुमधुर नै सम्बन्ध रहेकोले बार्ता नै उत्तम विकल्प हो भनेर बिज्ञहरुले भन्नुहुन्छ ।

भारत र नेपालको बिच दुई पक्षीयबार्ता बाट समस्याको समाधान गर्नु पर्छ। अहिलेको अवस्थामा भारतिय Media र नेपाली social media को भाषा एकदमै खतरनाक छ जसले बिबादम घ्यु थप्ने काम गर्दै छ मानौ कि युद्ध नै सुरु हुनगैरहेको छ।

जुन अकल्पनीय छ भारतको मिडियाले गलत शब्दको प्रयोग त गर्दै छ र नेपालको social media ले पनि भडकाउ बयान हुँदै छ जसले यो बिबादले गलत दिशा लिन सक्छ।

जसले गर्दा घाटा मात्रै छ यस्तो हुन भएन । आजकल नेपाल म पनि खुब राष्ट्रवादको लहर चल्दै छ । 

राष्ट्रवाद त ठिक हो र हुनुपनि पर्छ म मा पनि छ राष्ट्रवाद तर उग्र राष्ट्रवाद अन्ध राष्ट्रबाद, अति राष्ट्रबादले देशको लागि आफत दुख कष्ट मात्र निम्तियाउन सक्छ अरु केही गर्न सक्दैन जसले राष्ट्रको हानी मात्र हुन्छ ।

भारत संग राम्रो सम्बन्ध बनाएर ठोस तथ्य प्रमाण संग बार्तामा जानू पर्छ र समस्याको समाधान गर्नुपर्छ यसैमा कल्याण र शान्ती छ ।

बार्ता पनि विकल्प हो र सबैको सुझाव मानेर अगाडि बढन पर्छ । आशा गरौ कि सरकारले छिट्टै कुनै राम्रो कदम चालेर समस्याको स्थाई समाधान खोजने छ ।

जय नेपाल

( लेखक कुर्मी लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *