सार्वजनिक बिदामा र शनिबार पनि बैंक सञ्चालन गर्न सरकारको निर्देशन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३० गते

नेपाल राष्ट्र बैंकले सबै शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंकहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले कर बुझाउन ताकेता गरेसँगै करदाताहरूले सहज रूपमा कर बुझाउन सक्ने व्यवस्था गर्नका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असार ३२ गतेसम्म बिदाका दिन पनि खुला राख्न निर्देशन दिइए को हो ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सबै बैङकहरूका राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टर सधैँ खुला राख्न भनिएको छ ।

यससँगै नेपाल क्लियरिङ हाउसलाइ पनि बिदाका दिन समेत खुला राख्न निर्देशन दिइएको छ । अहिले सार्वजनिक बिदाका दिन पनि करिब पाँच हजार चेक क्लियरिङ हुँदै आएकोमा यो क्रम बढ्दै जाने भएकोले क्लियरिङ हाउसलाइ पूर्णकालीन खुला राख्न निर्देशन दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *