कस्तो रहनेछ आज र भोलिको मौसम ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३० गते

हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव  रहेको छ। हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश ५ का भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित वर्षाको  सम्भावना रहेकोले  सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । शुक्रबार देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा  आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा  र बाँकी प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

शनिबार देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा  र बाँकी प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *