केन्द्रीय महासचिवको वृक्षारोपणले अभियानमा उत्साह

अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता, जेठ ३१ गते।

 नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ । काठमाडौंको टोखा स्थित आफ्नै निवासमा वृक्षरोपण गर्दै जन्मदिनमा वृक्षरोपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको हो । लमजुङका स्थानीय संचारकर्मि बासुदेव सेढाईले २०७५ मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गर्नुभएको अभियान ऐले देशका धेरै भागमा  भारत र अमेरिकामा बस्ने नेपाली हरुले समेत सुरुवात गर्नुभएको छ ।

स्थानीय संचारकर्मि बाट सुरुवात भएको अभियानमा केन्द्रीय महासचिवको  समर्थनले अभियान लाई थप उर्जा र हौसला मिलेको छ । प्रकृतिको संरक्षण ,वातावरण स्वच्छता र असल संस्कार असल विचार असल कर्मलाई प्रोत्साहन जन्मदिनमा वृक्षरोपण अभियान । सकारात्मक उदेश्य बोकेर सुरुवात भएको अभियानमा  आफ्नो पुर्ण समर्थन रहेको बताउनु भयो ।

प्रकृतिको दोहन , वातावरण प्रदुषण र मानवको दिमागमा कब्जा जमाएको खराब विचार खराब संस्कार र गलत कामका विरुद्ध अभियान सुरुवात हुनु सुखद रहेको उल्लेख गर्नुभयो । परिवर्तनको संवाहक संचारकर्मि हुन सामाजिक विकृति विसंगति ,अन्याय अत्याचार, पोषण भेदभाव ,भ्रष्टाचार अनियमितता विरुद्ध आवाज उठाउने गलत गतिविधि हुन नदिने प्रतिबद्धताका साथ कलम चलाउने संचारकर्मि हरुले प्रकृति जोगाउन , वातावरण स्वच्छ हराभरा बनाउन ,सबै मानवमा सद्भाव कायम गर्न र नेपाल लाई प्रकृतिको संरक्षण गर्ने ,वातावरण स्वच्छता कायम गर्ने ,असल र सभ्य नागरिक भएको देशको रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि  अभियान सुरुवात गर्नु नेपालको पत्रकारिता क्षेत्रकै लागि सुखद कुरा भएकोले सबैको साथ सहयोग र समर्थन रहने उल्लेख गर्नुभयो । सकारात्मक कामको सुरुवात जहाँबाट जोबाट भएपछि त्यसको समर्थन गर्नुपर्ने आफ्नो मान्यता रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *