अनलाईन न्युजपाटी ,बुटवल,समाचारदाता, जेठ ३१ गते।
बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । माथिल्लो सिद्दबाबाभन्दा माथिपट्टि हेडबक्स नजिक भएको दुर्घटनामा एक व्यक्ति गंभीर घाइते भएको दोभान प्रहरी इन्चार्ज बल बहादुर घर्तिमगरले बताए ।
लु १ ज ४०९३ नम्बरको कार बुटवलबाट पाल्पा जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने गुल्मी जिल्ला मालिका गाउपालिका वडा न ५ छापहीले बस्ने २४ बर्षाका ओम प्रकाश यादव रहेको प्रहरीले बताएको छ । घाइते यादवको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।