प्रदेश २ मा थपिए १८५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असार २ गते ।

पछिल्लो २४ घण्टामा ७ महिलासहित १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमित हुने १७१ जना मध्ये १६६ पुरुष र ५ जना महिला छन् ।

सप्तरीमा ३ जना, सिराहामा २ जना, धनुषामा २१ जना, महोत्तरीमा ८९ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जना र पर्सामा २ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकाश मन्त्रालय प्रदेश–२ का प्रदेश सचिब डा  राम प्रसाद घिमिरेले जनाएको छ । यससँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ३ सय ६७ जना पुगेको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६५९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *