अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता असार ४ गते
अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा बिन्दवासिनी गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा भ्रष्टाचार र लापरावही गरेको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।
पर्सामा रहेको बिन्दवास्नी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु कोरोना भाईरस्को उप्चारको नाम्मा भ्रष्टाचार र चरम लापरबाही गरि रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको भनदै स्थानियको गुनासो छ । साथै कोरोना भाईरस्को रोकथाम मा लापरबाही, क्वारेन्टाइन ब्यवस्थापन राम्रो नगरेको क्वारेन्टाइन मा समय समय मा खाना नास्ता नदिएको र जन्तालाई सास्ती दिएको भन्दै विद्यार्थी नेताहरुले बिरोध प्रदर्शन गरेका छन।
बिन्दवास्नी गाउँपालिकाकी उपाध्यक्षले महिनामा ४/५ पटक मात्र कार्यालय आएको र मासिक रुपमा १ लाख सवारी खर्च उठाएको भन्दै विद्यार्थि नेताहरुले बिरोध प्रदर्शन गरेको बिधार्थी नेताहरुले बताएका छन
अनेरास्ववियुका विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पार्दर्शि गर, भ्रष्ट उप प्रमुखलाई कार्वाहि गर, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद लगायतका नारालेखिएको प्ले कार्ड राखेर बिरोध गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले स्वयम आफुले मासिक रुपमा १ लाख सवारी खर्च लिएको स्वीकार गर्नुभएको छ ।
विद्यार्थि नेताहरुले बिन्दवास्नी गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १हप्ते अल्टिमेटम समेत दिएको अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साहले बताउनुभयो । उनले १ हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन।