प्रधानमन्त्री लाई अदुवा,लहसुन,बेसार कोरोना को उपचार नेबिसंघ पर्सा को उपहार

अनलाईन न्युजपाटी ,संजु छत्कुली, बिरगंज,समाचारदाता, असार ५ गते।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लापरबाहीको विरुद्धमा पटकपटक नेविसंघ पर्साले खबरदारी गर्दै आएको छ ।

प्रधानमन्त्रीले कोरोभाइरसबाट बच्नका लागि अदुवा, बेसार, लसुन नियमित सेवन गर्नुपर्छ ।यसले इम्निटी पावर बढाउनेछ भनेपछि नेविसंघ ईकाई कमिटी पर्साले प्रधानमन्त्री के पि शर्मा ओलिको सुस्वास्थ्यको कामना गर्दै उक्त बस्तुहरु उपहारस्वरूप पठाएको छ।

बन्दाबन्दी,लकडाउन र कोरोना महामारीका कारण सर्वसाधारणहरु त्रसित भइरको बेला अदुवा, बेसार लसुन खाएर इम्युनिटी पावर बढाउने प्रेरित गरेको र नेविसंघ ईकाइ समिती पर्साका अध्यक्ष मनोज कुमार साह नेतृत्वको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमारी कार्की मार्फत प्रधानमन्त्रीलाइ सोहि उपहार पठाएको बिज्ञपतिमा जनाएको छ।

राष्ट्रिय सभामा प्रधानमनत्री बोल्दै भने कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेपछि त बाँच्न गाह्रो हुन्छ,।प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्ने र तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *