अनलाईन न्युजपाटी ,संजु छत्कुली, बिरगंज,समाचारदाता, असार ७ गते।
आज आषाढ़ ७ गते २१ जून आइतबार को दिन कंकनाकृत सूर्य ग्रहण नेपाली समयानुसार प्रातः काल ९:२७ बजे देखि शुरू भई १२:२५ बजे मध्य र बेलुकी ३:१९ बजे आंशिक ग्रहण समाप्त हुनेछ। यो ग्रहणको सूतक काल १२ घंटा पुर्व लाग्ने छ ।
ज्योतिषशास्त्र अनुसार २१ जून को दिन लाग्ने सूर्य ग्रहण ६ ग्रह (बुध, गुरु, शुक्र, शनि राहु व केतु) वर्की रहनेछन। यो ६ वटा ग्रहहरुको एक साथ वक्री भएकोले गर्दा देश-दुनियाको लागि संकट जस्तो प्रतिफ़ल आउने संभावना रहने छ ज्योतिषहरु को विचारले ग्रहणबाट पृथ्वीमा प्राकृतिक आपदा आउने प्रबल संभावना छ ।
२१ जून २०२० को दिन लाग्ने सूर्य ग्रहण को प्रभावले ज्योतिष दुबे अनुसार यो सूर्य ग्रहणको विश्वव्यापी अर्थव्यवस्थाको संकटको देखा पर्ने छ भने अर्को तर्फ कोरोना महामारीको असर १८ सितम्बर बाट कम हुनेको सुरुवाती संकेत प्राप्त हुनेछ ।
२१ जून को दिन मिथुन राशि मा अमावस्या तिथि मृगशिरा नक्षत्र मा सूर्य ग्रहण को समयमा ६ ग्रह शनि, गुरु, शुक्र, बुध, राहु व केतु वक्री अवस्थाको साथै आइतबारको दिन भएकोले यसलाई चूड़ामणि ग्रहण भन्न सकिन्छ ।
ज्योतिषीय पंचाग अनुसार वलयाकार यो ग्रहण नेपाल/भारत समेत गरी दक्षिण-पूर्व यूरोप, हिन्द महासागर, प्रशांत महासागर, अफ्रीकामा पनि देखा पर्नेछ ।
यो ग्रहणको प्रभावले देश ग्रामीण अर्थव्यवस्थालाई राम्रो तुल्याउनु विशेष कठिनाईको सामना गर्नुपर्नेको संकेत प्राप्त भई रहेको छ । लघु उद्योगोंलाई पुनर्जीवितको लागि विशेष पहल गर्नुपर्ने स्थिति आउने छ । कृषि व बागवान सेक्टरको लागि यो समय अति शुभ रहनेछ । देशको अर्थव्यवस्था पुनः सुधार स्थितिमा आउने छ ।
दुबेको अनुसार यो ग्रहण मिथुन राशि र मृगशिरा नक्षत्रमा भएकोले मिथुनराशि तथा वृश्चिक जातकले ग्रहणबाट अतिनै बढ़ी प्रभावित हुनेछन । यो ग्रहणको समयमा ६ ग्रह वक्रीको साथै मंगल जलीय राशि मीनमा बसेर सूर्य चंद्रमा बुद्ध व राहू को दृष्टिमा छ। त्यसैले यो राम्रो संकेत होइन। समुन्द्र मा चक्रवात, तूफान, व हिंसक युद्ध जस्तो योग र अत्यधिक बर्षा जस्तो प्राकृतिक प्रकोप पूर्वोत्तर एशिया एवम यूरोपीयन क्षेत्रमा देखा पर्ने सम्भावना छ । शनि, मंगल र गुरुको प्रभावले विश्वमा अत्यधिक देशहरुमा आर्थिक संकटको असर एक वर्ष सम्म देखा पर्ने योग छ । केहि देशको बीचमा मतभेद बढ़ने पनि योग छ ।
पण्डित दुबे अनुसार यो सूर्य ग्रहण मेष, कन्या व मकर राशिको लागि शुभ, वृष, कर्क राशिको लागि धन व यशको हानि, मिथुन राशि को जातक लाई वाहन दुर्घटना को भय, सिंह राशिको लागि अचानक धन लाभ हुने, तुला राशिको लागि आफ्नो वाणी माथि नियंत्रण गर्नु उचित रहने , वृश्चिक राशि को लागि यो समय कष्टकारी, धनु राशि को लागि स्त्रीवर्ग मा स्वास्थ्य चिंता, कुंभ व मीन राशि को लागि पारिवारिक व कार्यक्षेत्रमा केहि मानसिक चिंता हुने ग्रहण फल छ भने ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप तथा गरीबको सहयोग गर्नाले सबै संकटहरुबाट छुटकारा मिलने छ ।