थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । योसँगै एक हजार ७७२ निको भएका छन् । जम्मा निको हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।
आज थप ४२१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ९०२६पुग्यो
अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ६ गते आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेपालमा सङ्क्रमित सङ्ख्या ९०२६पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो । आज संक्रमित मध्ये ३५७ पुरुष सहित ६४ जना महिला हुनु हुन्छ।