अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, असार ७ गते।
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ मा पछिल्लो पटक सबैभन्दा बढी संक्रमित सिराहा जिल्लामा देखा परेका छन् । सिराहामा ४ महिलासहित ५२ जना नयाँ संक्रमित देखापरेका छन् । सर्लाहीमा ९ जना, धनुषामा ८ जना, बारामा ४ जना, सप्तरी र महोत्तरीमा २/२ जना र रौतहटमा एक जना संक्रमित थपिएका छन् ।