अनलाईन न्युजपाटी पश्चिम समाचारदाता, असार ८ गते
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या १२८२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यानबाट ४ जना ,सुर्खेतका १८ जना दैलेखका ३ जना र हुम्ला का १ जना गरि २६ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।