सात बर्से अङ्गीकृत बिरुद्ध जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

अनलाईन न्युजपाटी जनकपुरधाम समाचारदाता, असार ८ गते

सात वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो । जनकपुरधामको भानु चौकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाइसकेपछि आइपुगेको प्रहरीले पानी हालेर आगो निभाएको थियो ।

जनता समाजवादी पार्टीका महिलाहरुले केहि बेरसम्म भानु चौकमा प्रधानमन्त्री विरूद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *